राष्ट्रपतिले कलमको बिर्को बन्द गर्न मिल्दैन, उपराष्ट्रपति आफ्नो मर्यादामा बस्नुस्ः प्रधानमन्त्री ओली

राष्ट्रपतिले कलमको बिर्को बन्द गर्न मिल्दैन, उपराष्ट्रपति आफ्नो मर्यादामा बस्नुस्ः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउन सक्ने बताएका छन् ।

आइतबार साँझ हिमालय टेलिभिजनसँग अन्तर्वार्ता दिँदै प्रधानमन्त्री अ‍ोलीले प्रचण्ड–माधव नेपाल समूहले महाअभियोग लगाउन सक्ने बताएका हुन् । उनले सरकारले गरेको सिफारिसमा राष्ट्रपतिले कलम बन्द गरेर बस्न नमिल्ने बताए ।

‘राष्ट्रपति आफ्नो भूमिकामा हुनुहुन्छ । संविधानले निश्चित व्यक्ति तोकेको भन्दै बाहेक काम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा गर्ने भन्नेछ । राष्ट्रपतिले कलमको बिर्को बन्द गरेर राख्न मिल्दैन । यो सिग्नेचर गरिदिनूस् भनेपछि राष्ट्रपतिले गर्नुपर्छ’, उनले भने, ‘हामीले संविधानमा नै राष्ट्रपति ठाउँमा तोकिदिएको छ । राष्ट्रपतिमाथि सानो संख्याले महाअभियाेग लगाउन सक्छ । चौथाइ मतिभ्रष्ट हुनसक्लान तर, सिंगै संसद मतिभ्रष्ट हुन सक्दैन ।’

उनले उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो मर्यादामा बस्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिले राजनीतिक भाषण र संविधानको व्याख्या गर्ने काम गर्न नमिल्ने बताए ।

‘उपराष्ट्रपति आफ्नो मर्यादामा बस्नु वाञ्छनिय हुन्छ । राजनीतिक भाषण गर्नु र संवैधानिक निरुपणबारे भाषण गर्नु अनि संविधानको व्याख्या गर्ने काम पनि उपराष्ट्रपतिको होइन ।उहाँले पक्ष–विपक्षमा भाषण गरेर हिँड्ने होइन’, उनले भने ।