काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
आज बुधबार निजामति कर्मचारी अस्पताल मिनभवन पुगेर प्रचण्डले कोरोना विरुद्धको पहिलो मात्रा डोज खोप लगाएका हुन् । त्यस्तै सभामुख अग्नि सापकोटाले पनि कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । उनले पनि पहिलो मात्रा डोज खोप लगाएका हुन् ।
आजबाट तीन दिनसम्म संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोरोनाविरुद्धको खोप लगाइनेछ । फागुन २३ गतेका लागि प्रतिनिधिसभा अधिवेशन बोलाइएकोले बैठकअघि सांसदलाई कोरोनाविरुद्धको खोप लगाइने भएको हो ।




प्रतिक्रिया