मोदीलाई ओलीले सोधे : नेपाली डुबानमा पर्दा मन दुख्दैन?

मोदीलाई ओलीले सोधे : नेपाली डुबानमा पर्दा मन दुख्दैन?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाै‌- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘भारतीय बाँधका कारण नेपाली भूमि डुवानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन?’ भनेर सोधेका छन्।

काठमाडौंमा मोदीसँगको भेटमा ओलीले सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा वर्सेनी मानवीयसँगै अर्बौं रुपैयाँबराबरको धनमाल क्षति हुने गरेको जानकारी गराउँदै यस्तो प्रश्न गरेका खबर आजको नागरिक दैनिकमा प्रकाश तिमल्सिनाले लेखेका छन्।

भावुक मुद्रामा ओलीले यस्तो प्रश्न राखेपछि मोदीले समस्या समाधानमा पहल गर्ने र नेपाल भारत सीमा क्षेत्र अबलोकन भ्रमण गर्ने प्रतिबद्धता जनाएको जानकारी अर्थमन्त्री युवराज खतिवडाले दिए। ओली र मोदीबीचको भेटवार्तामा खतिवडासहित केही वरिष्ठ मन्त्री उपस्थित थिए।