काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको संसद बैठकमा कुनै पनि कदम नचाल्ने रणनीति बनाएको छ ।
दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई पक्षको क्रियाकलाप नियाल्ने रणनीति लिएको डा. डिला संग्राैलाले जानकारी दिइन् ।
‘पार्टीबाट कुनै पनि निर्देशन आएको छैन् । नेकपाको आजको कदम कस्तो हुन्छ सोहीअनुसार हामी अगाडि बढ्छौं,’ उनले भनिन् ।
कांग्रेसका सांसद मीन विश्वकर्माले प्रधानमन्त्री अोलीले राजीनामा नदिने मुडमा भए अविश्वासको प्रस्ताव पेश गर्ने र नयाँ प्रधानमन्त्रीको खोजी गर्ने जानकारी दिए ।
‘प्रधानमन्त्रीले राजीनामा दिनुभयो भने अविश्वासको प्रस्ताव हाल्ने कुरै भएन तर, उहाँले राजीनामा दिने छाँट देखाउनुभएको छैन् । त्यस्तै हामी आज उहाँहरु(प्रचण्ड–नेपाल)को मनोविज्ञान अर्थात सिधा अर्थमा भन्दा उहाँहरुको नाडी छाम्ने काम पनि कांग्रेसले गर्छ,’ कांग्रेसका अर्का सांसदले भने ।




प्रतिक्रिया