काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहले दिएरिवर्तनको को संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेको छ ।
प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल सहितका शीर्ष नेताहरुले संसदका महासचिव डा.भरतराज गौतमलाई भेटेर आफुहरुले शुक्रबार ११५ सांसदको उपस्थितिमा बैठक बसेर पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको जानकारी गराएको थियो ।
उक्त सूचना संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेपछि सांसदहरु पम्फा भुसाललगायतले दर्ता नगर्नुको कारण माग गरेका छन् ।
यसअघि संसद सचिवालयले नेकपा विभाजनमा आधिकारिता नआई संसदीय दलको नेता परिवर्तन सम्बन्धी पत्राचारलाई मान्न नसकिने बताएको थियो ।
आफूहरुले दलको नेताबाट केपी ओली सहित उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीमाथि गरिएको कारवाहीलाई मान्यता दिलाउन प्रचण्ड माधव पक्षले सचिवालयलाई दबाब दिइरहेको छ ।
११२ जना सांसदको हस्ताक्षरसहित अहिलेसम्म आफूहरुले गरेका निर्णयलाई मान्यता दिन प्रचण्ड–माधव पक्षले महासचिवलाई आग्रह गरेको छ । बहुमत सांसद आफूहरुसँग रहेकाले सोही बमोजिम हुनुपर्ने भन्दै उनीहरुले सचिवालयलाई पत्र दिएका छन् ।




प्रतिक्रिया