सर्वोच्चकाे फैसलाले ब्यूँतियो एमाले र माओवादी केन्द्र (पूर्णपाठ)

सर्वोच्चकाे फैसलाले ब्यूँतियो एमाले र माओवादी केन्द्र (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरिदिएको छ ।

सर्वोच्च अदालतले आइतबार ऋषिराम कट्टेलको नेकपालाई आधिकारिकता दिँदै सत्तारुढ नेकपा खारेज गरेको हो । सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र पुनः ब्यूँतिएको छ ।

‘निर्वाचन आयोगका यी दुवै निर्णय बदर भए पश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिक के अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्ने गराउनू भनि विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ। आदेशको प्रतिलिपि साथै राखी सो को जानकारी विपक्षीहरुलाई दिनु र आदेशको विद्युतीय प्रति इन्टरनेटमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू।माओवादी ब्यूँतियो’, फैसलामा भनिएको छ ।