संसद बैठकको कार्यसूची परिवर्तन

संसद बैठकको कार्यसूची परिवर्तन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढदल नेकपा भित्रको विवादको प्रभाब संसदको पहिलो बैठकमा परेको छ ।

कार्यब्यवस्था समितिको बैठक बस्न नसक्दा प्रतिनिधिसभाको आजको बैठकको पूर्बनिर्धारित कार्यसूची परिवर्तन भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसकेको भन्दै सभामुख अग्नी सापकोटाले अन्य कार्यसूची नराख्न संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आजको बैठकमा मन्त्रीमण्डल पून गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेपछि बैठक स्थगित हुने छ ।

अर्को बैठकको मितिका बारेमा भने सभामुखले दलहरुसँग पछि छलफल गर्ने जनाईएको छ ।