सर्वोच्चको फैसलाले अ‍ोलीलाई फाइदा, अफ्ठ्यारोमा माधव र झलनाथ

सर्वोच्चको फैसलाले अ‍ोलीलाई फाइदा, अफ्ठ्यारोमा माधव र झलनाथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनष्टि पार्टी (नेकपा) खारेज गरेपछि एमाले र माअ‍ोवादी केन्द्र ब्यूँतिने भएको छ । गत पुस ५ गतेबाट प्रचण्ड–माधव नेपाल र केपी ओली समूह गरी दुई भागमा विभाजित भएको नेकपा खारेज भएपछि पूर्वएमाले र माओवादी केन्द्र ब्यूँतिने भएको हो ।

तर, एमाले र माओवादी केन्द्र अर्कै व्यक्तिको नाममा दर्ता भइसकेको पाइएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले  एमाले केपी ओलीकै नजिकका मानिसहरुले दर्ता गरेकाले उनलाई सहज हुने बताए । पुष्पकमल दाहाल प्रचण्ड पनि अफ्ठ्यारोमा परेका छन् । उनले नेतृत्व गरेको तत्कालिन माअ‍ोवादी केन्द्र अर्कै व्यक्तिको नाममा दर्ता छ ।

त्यस्तै उनले सर्वोच्चको फैसलाले माधवकुमार नेपाल र झलनाथ खनाललाई अफ्ठ्यारो परेको बताए । उनले माधव र झलनाथ माओवादी केन्द्रबाट चुनाव नलडेकाले अफ्ठ्यारो हुने बताए । वरिष्ठ अधिवक्त भण्डारीले माधव नेपाललाई पार्टी फुटाएर जान नमिल्ने भएकाले समस्या सिर्जना भएको बताए ।

‘सबैभन्दा अफ्ठ्यारो माधव नेपाल–झलनाथलाई हुन्छ । किनकी उनीहरु माओवादीबाट चुनाव लडेका होइनन् । एमालेका व्यक्तिहरु माओवादी केन्द्रमा जान सक्दैनन् । तर, सदस्यता समाप्त हुन्छ । किनकी दल त्याग गरेको मानिन्छ । पार्टी फुटाएर जान माधव नेपालसँग ४० प्रतिशत पुग्दैन । सबैभन्दा ठूलो पोलिटिकल क्रइसिस मैले माधव नेपाललाई देखेको छु’, उनले भने ।

यसो भन्छन् वरिष्ठ अधिवक्ता भण्डारी

संसदमा भएका दलहरुलाई फुट्न एकदमै अफ्ठेरो थियो ।  किनकी राजनीतिक दल सम्बन्धी ऐनले दुई वटा दलहरु मिलिसकेपछि ५ वर्षसम्म फुट्न नपाउने व्यवस्था गरेको छ । त्यसकारण अफ्ठ्यारो थियो । खासगरी प्रचण्ड–माधव नेपाललाई ।

उहाँहरुले अविश्वासको प्रस्ताव लिएर जानु भएको थियो । धारा ७६ (२)को सरकार बन्नलाई दलको रुपमा मात्रै लैजान सकिन्छ । पार्टी विभाजन गरेपनि उहाँहरु (प्रचण्ड–नेपाल) सँग कुनै दल नै थिएन । माओवादी केन्द्र पनि अर्कैको नाममा दर्ता छ । एमाले त केपी ओली नजिकका मानिसहरुले दर्ता गरेका छन् । त्यसले केपी ओलीलाई अफ्ठ्यारो गर्छ जस्तो लाग्दैन । माओवादी केन्द्रबाट प्रचण्डलाई अफ्ठ्यारो हुन जान्छ । प्रचण्ड चाँही दल विहीन हुने अवस्था आउनसक्छ ।

सबैभन्दा अफ्ठ्यारो माधव नेपाल–झलनाथलाई हुन्छ । किनकी उनीहरु माओवादीबाट चुनाव लडेका होइनन् । एमालेबाट चुनाव लडेका हुन् । एमालेका व्यक्तिहरु माओवादी केन्द्रमा जान सक्दैनन् । गए पनि किनकी दल त्याग गरेको मानिन्छ । पार्टी फुटाएर जान माधव नेपालसँग ४० प्रतिशत पुग्दैन । सबैभन्दा ठूलो पोलिटिकल क्राइसिस मैले माधव नेपाललाई देखेको छु ।