काठमाण्डु – सांसद भीम रावलले वर्तमान सरकारको स्थिती सदनले थाहा पाउनुपर्ने बताएका छन् ।
सभामुखले दिएको समयमा बोल्ने क्रममा सांसद रावलले सर्वोच्च अदालतको फैसला आएको सन्दर्भमा वर्तमान सरकारको स्थिति के हो ? भन्ने सदनले थाहा पाउनुपर्ने बताएका हुन् ।
उनले सरकार कसको हो भनी संसदमा प्रश्न समेत गरे । ‘यो सरकारको स्थिति के हो ? सर्वोच्च अदालतको फैसला कानूनी हो की राजनीतिक हो ? समिक्षा गर्नुपर्छ’, रावलले भने, ‘नेपाल कम्युनिष्ट पार्टी नेकपा यदि अस्तित्वमा छैन भने प्रधानमन्त्रीजी कुन पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ । त्यो स्पष्ट नभई अध्यादेशहरु सदनमा प्रवेश पाउन सक्दैनन् ।’
माओवादी केन्द्र र एमालेका माधवकुमार नेपाल समूहले वैधता गुमाएको सरकारले आफैंले भंग गरेको सदनमा अध्यादेश पेश गर्ने कुरा मान्य नभए वैधता गुमाएको सरकारले आफैंले भंग गरेको सदनमा अध्यादेश पेश गर्ने कुरा मान्य नभएको संसद बहिस्कार गरेका छन् ।




प्रतिक्रिया