काठमाण्डु – नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको अवरोधका कारण प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले फागुन २६ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।
कांग्रेस सांसद्हरूले न्याय परिषदसम्बन्धी विधेयकको विरोधमा नाराबाजी गरेका थिए । बैठकको प्रारम्भमा प्रचण्ड–माधव समूहका सांसदहरू बैठक बहिष्कार गरी बाहिरिएका थिए ।




प्रतिक्रिया