काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादको फैसला निर्वाचन आयोग पुगेको छ ।
नेकपा ऋषि कट्टेललाई दिने सर्वोच्च अदालतको निर्णय निर्वाचन आयोगमा पुगेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठकाअनुसार उक्त फैसलाको दर्ता नं १०१४ रहेको छ ।
नेकपा (एमाले) र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते नेकपाको नाममा एकता भएको थियो । अदालतले उक्त नाम नै खारेज गरिदिएको छ । अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पुनः ब्यूताएको छ ।





प्रतिक्रिया