काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने भएको छ ।
अहिले सुदूरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भूभागमा पूर्ण बदली रही अन्य पहाडी भेगमा सामान्य बदली छ। देशका बाँकी भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरुमा सामान्य बदली रहि बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका पहाडी भू–भागहरुको थोरै स्थानहरुमा तथा बागमती र प्रदेश १ का एक–दूई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
यस्तै राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।




प्रतिक्रिया