यस्तो छ प्रतिनिधिसभामा रहेका माधव नेपाल पक्षका सांसदहरुको सूची

यस्तो छ प्रतिनिधिसभामा रहेका माधव नेपाल पक्षका सांसदहरुको सूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले ब्यूँतिएपछि केपी शर्मा ओली र माधव कुमार नेपालबीच संसदीय अंकगणित सुरु भएको छ ।

सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको नेकपाको पक्षमा फैसला गरेपछि पुरानै पार्टी पुनः ब्यूँतिएको हो । गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेपाल छुट्टिएर गएका थिए । तर, अदालतको फैसलाले ओली र नेपाल एउटै पार्टीमा आउनुपर्ने अवस्था देखा परेको छ ।

किनकी नेपालसँग पार्टी फुटाएर जान ४० प्रतिशत पुग्दैन । नेकपा एमालेबाट कूल १२० जना सांसद रहेकोमा ओलीसँग ८० जना भन्दा बढी सांसद रहेका छन् भने नेपालसँग ३८ जना मात्रै सांसद रहेका छन् । लालबाबु पण्डित र तुलसा थापा कतै पनि खुलेका छैनन् । उनीहरुले पनि ओलीलाई नै साथ दिने संकेत देखिएको छ ।

पार्टी फुटाएर जान नसक्ने अवस्था रहेपछि नेपालले एमालेभित्रै रहेर ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने योजना बनाएका छन् । नेपाल निकट रहेका झलनाथ खनालको पक्षमा एक जना पनि सांसद छैनन् । उनी पनि नेपालसँगै ओलीविरुद्ध संघर्ष गरिरहेका छन् ।

नेता नेपालले आफूले एमाले पार्टी बनाएको दाबी गर्दै ओलीलाई अध्यक्ष नदिने अडान लिएका छन् । तर, उनले जति अडान लिए पनि प्रतिनिधिसभा बहुमत पुग्दैन ।

उनले भनेका थिए, ‘नेकपा एमाले बनाउने हामी, चलाउने हामी, त्यसको अध्यक्षको जिम्मेवारी लिएको म केपी ओलीले खोसेर खोसिन्न । एमाले मैले बनाएको हो, म एमाले कहाँ छाड्छु ? अदालतको फैसलाबारे पार्टीमा छलफल गर्छौं ।’