काठमाण्डु – स्थायी समिति सदस्य घनश्याम भुसाल नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकबाट बाहिरिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह ४ बजेबाट प्रचण्ड–नेपाल समूहको कमिटी बैठक शुरु भएको थियो । तर बैठक शुरु भएको केहीबेरमा नै भुसाल बैठकबाट बाहिरिएका हुन् ।
त्यस्तै भुसाल किन निस्किए भन्ने जानकारी आइसकेको छैन । उनले त्यसबारे प्रतिक्रिया दिन समेत इन्कार गरेको स्रोतले जनाएको छ । यद्यपी बैठक अहिले पनि जारी नै छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकताबारे आइतवार सर्वोच्च अदालतले गरेको निर्णयबारे छलफल गर्न प्रचण्ड–नेपाल पक्षको बैठक बसेको हो ।




प्रतिक्रिया