एसईई परीक्षा जेठ १३ गतेदेखि संचालन गर्ने बोर्डको निर्णय

एसईई परीक्षा जेठ १३ गतेदेखि संचालन गर्ने बोर्डको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि संचालन गर्ने भएको छ ।

बोर्डले २०७७ सालको एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म संचालन गर्ने निर्णय गरेको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने बताए । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।

यसअघि गत वर्ष विश्वभरी फैलिएको कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।