काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टीका अधयक्ष ऋषिराम कट्टेलले एमाले र माओवादी केन्द्रले शक्तिको उन्मादमा लादन खोजेको सर्वसत्तावाद असफल भएको बताएका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष कट्टेलले एमाले माओवादाी केन्द्रले बनाएको संविधान र कानून विपरित निरंकुश सर्वसत्तावाद सर्वोच्च अदालतको फैसलाले असफल बनाएको बताएका छन् ।
‘संसदवादी पूँजीवादीमा पतन भएका कथित कम्युनिष्ट नामधारी पार्टीले प्रतिक्रियावादीको कथित दुई दलीय अधिनायकवाद लाद्ने गुरु योजना अन्र्तगत एकताबद्ध गरिएको प्रपञ्च एक हदसम्म यो निर्णयले असफल पारिदिएको छ’, उनले विज्ञप्तिमा भनेका छन् ।
अदालतको फैसलाले समाजमा रहेको वर्गीय लगायतका शोषण र विभेदविरुद्ध संघर्ष गरिरहेका वर्ग समुदाय तथा राष्ट्रिय स्वाधीनताका पक्षमा उभिएका देशभक्तहरुमा उत्साह थपेको बताएका छन् । उनले इमान्दार जनताका असली प्रतिनिधि र पार्टीको विजय भएकोमा सबैलाई धन्यवादसमेत दिएका छन् ।





प्रतिक्रिया