काठमाण्डु – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २३.२२ अंकले घटेर २४६१.६८ अंकमा कायम भएको हो ।
आज २१० वटा कम्पनीको १ करोड २४ लाख ८२ हजार कित्ता सेयर ५२ हजार ५९१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज होटल तथा पर्यटन र जलविद्युत समुह क्रमशः ६८.११ अंक र ३६.३९ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक रातो देखिएको छ ।
सबैभन्दा धेरै जीवन बिमा समूह २०१.५६ अंकले घटेको छ भने निर्जीवन बिमा समूह ११४.७ अंकले घटेको छ । त्यस्तै बैंकिङ समूह २१.७७, व्यापार समूह ४९.८२, विकास बैंक समूह २२, वित्त समूह ४.४३, उत्पादन समूह ८८.७४, लघुवित्त समूह ४७.४६ र लगानी समूह १.३४ अंकले घटेको छ ।
आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ६५ करोड ३४ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएको सेयर संख्याका आधारमा भने अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै ८ लाख ८ हजार ७ सय कित्ता कारोबार भएको छ ।
हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९७ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता रहेका छन् । उनीहरुले प्रतिकित्ता ५.१८ प्रतिशतका दरले गुमाएका छन् ।




प्रतिक्रिया