देउवा र बाबुरामलाई प्रचण्डको प्रस्तावः तीन दलको सरकार गठन गरौं

देउवा र बाबुरामलाई प्रचण्डको प्रस्तावः तीन दलको सरकार गठन गरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सत्ता सहकार्यको प्रस्ताव राखेका छन् ।

मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेर सत्ता सहकार्यका लागि प्रस्ताव राखेका हुन् ।

देउवासँग भेटमा अध्यक्ष प्रचण्डले मिलेर नयाँ सरकार गठनको प्रस्ताव राखेका थिए । जवाफमा देउवाले पार्टीभित्र सल्लाह गरेर निर्णय दिने बताएका छन् । देउवाले माओवादीका मन्त्रीहरु फिर्ता नगरेकोबारे प्रचण्डसँग जिज्ञासा राखेका थिए ।

त्यसपछि देउवासँगको भेटपछि अध्यक्ष प्रचण्डले बाबुरामसँग उनकै निवास पुगेर भेट गरेका छन् । जसपाको प्रतिनिधित्व हुने गरी सरकारमा सहभागी हुन प्रचण्डले प्रस्ताव राखेको स्रोतले जानकारी दियो ।

‘अ‍ोली नेतृत्वको सरकारले देशलाई निकास दिन सकेन भन्ने विषयमा देउवाजीसँग छलफल भएको छ । उहाँले यसलाई पोजिटिभ रुपमा लिनुभएको छ’, प्रचण्ड निकट एक नेताले भने, ‘केपी शर्मा ओलीलाई हटाएर कांग्रेस र जसपा मिलेर नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको छ’, प्रचण्ड निकट एक नेताले भने ।