काठमाण्डु -प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयले बैठक आज दिउंसो १ बजे बस्न लागेको जानकारी दिएको छ । प्रतिनिधीसभाको फागुन २३ गते बसेको प्रतिनिधि सभा बैठकमा सरकारले अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपाले विरोध गरेको थियो । त्यतिमात्र होईन आफ्नै पार्टीका सांसदहरुले समेत बैठक बहिस्कार गरेका थिए ।
बुधवारको बैठकमा समेत विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असंवैधानिक हुने गरी ल्याइएका अध्यादेशहरू सदनमा पेश गर्न नदिने बताउंदै आएको छ ।




प्रतिक्रिया