नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले बिहान ११ बजे बस्दैछ ।

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बताए ।

आजको बैठकमा सर्वोच्च फैसलापछि तोडिएको पार्टी एकतापछिको भावी कार्यदिशाबारे समेत छलफल हुने छ । बैठकले सरकालाई दिएको समर्थन फिर्ता गर्नेबारे पनि निर्णय गर्ने बताइएको छ ।

यसअघि हिजो बसेको बैठकले सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो ।