काठमाण्डु – नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको सरकार दुई वर्ष जानुपर्ने बताएका छन् ।
बुधबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले एमालेको सरकार दुई वर्ष जानुपर्ने बताएका छन् । उनले संसद राजनीतिक दलले खेल खेल्ने ठाउँ भएकाले खेलको सुरुवात हुने बताए ।
‘देशका राजनीतिक दलले खेल खेल्ने ठाउँ संसद हो । अब नयाँ खेलको सुरुवात हुन्छ । त्यो नयाँ खेल कसरी हुन्छ भन्ने परिद्धेह्य तपाईहरुले बिस्तारै देख्दै जानुहुनेछ । संसदले मुलुकलाई नयाँ दिशातर्फ लानुपर्छ । यो सरकार दुई वर्ष जानुपर्छ । सरकार चलाउने दायित्व नेकपा एमालेको हो । हामी सरकार जोगाउन लाग्छौं’, उनले भने ।
उनले जे–जे खेलहरुबाट नेकपा विभाजित भए पनि नेकपा एमाले बामपन्थी एकताको पक्षमा रहेको बताए ।
‘हामी त एमलो भयौं । तिन वर्षपछि नेपाल कम्युनिष्ट पार्टी भइसकेका थियौं । यो दुर्भाग्यको कुरा हो । एकिकृत भइसकेको पार्टीलाई फेरी विभाजित भइयो । जे–जे खेलहरुबाट यो विभाजित भए पनि या हाम्रो मिस्टेकले विभाजित भए पनि हामी यो ठाउँमा आइपुगेका छौं । नेकपा एमाले बामपन्थी एकताको पक्षमा छौं’, उनले भने ।




प्रतिक्रिया