काठमाण्डु – निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाबारे प्रदेशसभामा जानकारी गराएको छ ।
निर्वाचन आयोगले मंगलबार पत्रमार्फत प्रदेश सभामा कायम रहेको नेकपा सर्वोच्चको आदेशले खारेज भएको र नेकपा एमाले तथा माओवादी केन्द्र नै कायम रहेको जानकारी गराएको हो ।
सर्वोच्च अदालतले फागुन २३ गते सत्तारुढ दल नेपाल कम्युनष्ट पार्टी (नेकपा)लाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।





प्रतिक्रिया