केपी ओलीले अरूको सिकारमा विषाक्त घाँस हालेः बाबुराम भट्टराई

केपी ओलीले अरूको सिकारमा विषाक्त घाँस हालेः बाबुराम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई एक मिनेट पनि सत्तामा बस्ने अधिकार नभएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए

डा. भट्टराईले प्रधानमन्त्री ओली अरूको सिकारमा विषाक्त घाँस हाल्न लागिपरेको बताए । उनले प्रधानमन्त्री ओली नेपाली प्रतिगमनका मुख्य खलनायक भएको पनि बताएका छन् ।

‘अखाद्य वस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव हो । तर, नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत् ? यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्’, उनले भने, ‘सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरूको सिकारमा विषाक्त घाँस हाल्दै छन् ! किन नबुझेको ? ओली हटाऊँ देश बचाऊँ ।’