बिहीबारकाे मौसमको अवस्था कस्तो रहला ?

बिहीबारकाे मौसमको अवस्था कस्तो रहला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले माैसममा आंशिकदेखि सामान्य बदली भई देशका अन्य क्षेत्रमा सामान्यतया सफा रहनेछ ।

अहिले पहाडी भूभागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा छ । दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । अपरान्ह पश्चात पहाडी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ ।

यस्तै राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामन्य बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।