कांग्रेस र जसपासँग छलफल गर्दै माओवादी केन्द्र

कांग्रेस र जसपासँग छलफल गर्दै माओवादी केन्द्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दै छ ।

नेता देवेन्द्र पौडेलले आज दिउँसो कांग्रेस र जसपासँगका नेताहरुसँग पार्टी कार्यालय पेरिसडाँडामा छलफल हुने बताए ।

सवोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूताईदिएपछि माओवादी केन्द्रले सत्ता साझेदारीलगायतका विषयमा ती दुई दलसँग छलफल जारी राखेको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले दुई दलसँग छलफल जारी राख्नुपर्ने निष्कर्ष निकाल्दै छलफल गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई दिएको थियो ।

बुधबारै जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पेरिसडाँडा पुगेर प्रचण्डसँग छलफल गरेका थिए ।