राष्ट्रपति भण्डारी दुई दिने भ्रमणमा बंगलादेश जाने

राष्ट्रपति भण्डारी दुई दिने भ्रमणमा बंगलादेश जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी दुई–दिने भ्रमणमा बंगलादेश जाने भएकी छन् ।

बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी चैतको दोस्रो साता बंगलादेश भ्रमणमा जाने भएकी हुन् ।

२०७६ कातिक २६ गते नेपाल भ्रमणमा आएका बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले राष्टङपति भण्डीलाई बंगलादेश भ्रमणको निम्तो दिएका थिए ।

राष्ट्रपति भण्डारीले गत वर्ष नै बंगलादेश भ्रमण गर्ने तय भएको थियो । तर कोरोना महामारीका कारण गत वर्ष रोकिएको सो भ्रमणलाई आगामी चैत दोस्रो साता गर्ने गरी तय भएको हो ।

राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टिका ढकालले बंगलादेशबाट फेरी पनि भ्रमणको निम्तो आएको बताए । उनले राष्ट्रपति कहिले जाने भन्ने विषयमा छलफल भइरहेको बताए ।

बंगलादेश सरकारले रहमानको शतवार्षिकी जन्मजयन्ती र बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती चैत ४ देखि १३ सम्म मनाउने गरी १० दिने कार्यक्रम तयारी गरेको छ ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारी चैत ९ गते बंगलोदश प्रस्थान गर्ने तयारी गरिएको छ । बंगलादेशी सञ्चारमाध्यमहरुले पनि राष्ट्रपति भण्डारी चैत ९ गते बंगलादेश आउने कार्यक्रम तय भएको बताएका छन् ।