प्रधानमन्त्रीले जसपाका शीर्ष ५ नेतालाई बालुवाटार बोलाए

प्रधानमन्त्रीले जसपाका शीर्ष ५ नेतालाई बालुवाटार बोलाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले सत्ता समिकरणका विषयमा छलफल गर्न जसपाका ५ शीर्ष नेताहरुलाई साँझ ५ बजे बालुवाटार बोलाएका हुन् । ओलीले बोलाएका नेताहरुमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई रहेका छन् ।

आजको छलफलमा जसपाले प्रधानमन्त्री ओलीसँग रेशम चौधरीको रिहाइको मागसहित सत्ता समिकरणका विषयमा छलफल गर्ने निर्णय गरेको छ ।

साँझ प्रधानमन्त्रीलाई भेट्न जाने निर्णय भएको नेता महतोले जानकारी दिए । उनले भने, ‘हामीले सबै पक्षसँग छलफल गर्ने नीतिअनुसार प्रधानमन्त्रीलाई भेट्न जान लागेका हौँ ।’

यसअघि पनि जसपाले प्रधानमन्त्री ओलीसँग आफ्ना मागहरुका विषयमा छलफल गरिसकेका छन् । भने सत्ता साझेदारीमा जाने नजानेबारे आधिकारिक धारणा बाहिर ल्याइसकेको छैन् ।