जसपाले वर्तमान राजनीतिक संकट समाधानका लागी उच्च तहमा छलफल गर्ने

जसपाले वर्तमान राजनीतिक संकट समाधानका लागी उच्च तहमा छलफल गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा)ले तीन प्रमुख दलहरुसंग वार्ता गर्ने भएको छ । आज बसेको जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकट र सरकार गठनका विषयमा सबै राजनीतिक दलहरुसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको हो ।

जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ट्विट गर्दै सवै राजनीतिक दलसंग वार्ता गर्ने निर्णय भएको बताए । उनले ट्विटरमा लेखेका छन् ‘जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको छ । ’

जसपाका पांचै जना नेताहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसंग समेत छलफल गर्दैछन् । प्रधानमन्त्री ओलीसंग छलफल गर्न महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई बालुवाटार जाने भएका छन् । सर्वोच्च अदालतले सत्तारुढ दल नेकपालाई नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै हुने गरी फैसला सुनाएपछि दुवै दलले सरकार गठनका लागी जसपासँग संवाद गरिरहेको छ ।

जसपाभित्र उपेन्द्र यादव र बावुराम भट्टराई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग मिल्नुपर्ने पक्षमा छन् भने राजेन्द्र महतो र महन्थ ठाकुरलगायतका नेता प्रधामन्त्री ओलीलाई समर्थन गर्नुपर्ने पक्षमा छन् ।

जसपाको बैठकले पार्टीको समायोजन,संसदीय दलको चुनाव र तथा आगामी कार्ययोजनाबारे आवश्यक निर्णय गर्न आउँदो चैत ५ गते कार्यकारिणी समितिको बैठक बस्ने निर्णय समेत गरेको छ । त्यही बैठकले सरकारमा जाने निर्णय समेत टुंगो लगाउनेछ । जसपाको आजको संसदीय दलको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने र संसदीय दलको विधान पारित गर्ने विषयमा समेत छलफल भएको छ।