काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारको माैसम पूर्वानुमान गरेकाे छ । मुलुकमा पश्चिमी वायुको प्रभाव रहेकाले मौसममा आंशिक देखि सामान्य बदली रहने छ।
पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। शुक्रबार राति पनि देशभरी आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भूभागका थोरै स्थानहरुमा राति पनि मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्टयाङ् र हाावाहुरि सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।




प्रतिक्रिया