जसपा संसदीय दलको बैठक बस्दै, बो बन्ला दलको नेता ?

जसपा संसदीय दलको बैठक बस्दै, बो बन्ला दलको नेता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक बस्दैछ । शुक्रबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जसपाकाे बैठक बस्न लागेको हो ।

आजको बैठकमा संसदीय दलको विधान पारित गर्ने र संसदीय दलको नेता चयन गर्ने कार्यक्रम रहेको जसपाले जनाएको छ । त्यस्तै बैठकमा सरकारका विषयमासमेत छलफल हुनेछ ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई सरकारमा ल्याउन पहल गरिरहेका छन् । उनले जसपाका माग सम्बोधन गरेर सरकारमा ल्याउने प्रयत्न गरेका हुन् । जसपाले पनि आफ्ना माग पूरा भए सरकारमा जान सकिने बताउँदै आएको छ । जसपाले रेशम चौधरीको रिहाई, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन भए सरकारमा जाने बताएको छ ।

जसपामा संसदीय दलको नेता को बन्ने भन्ने विषयमा अझै टुंगो लागेको छैन् । तर, राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता हुँदा राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने सहमति भएको थियो ।

पूर्व सहमति अनुसार राजेन्द्रलाई संसदीय दलको नेता बनाउने तयारी भइरहेको स्रोतले जानकारी दियो ।  बाबुराम भट्टराईले पनि संसदीय दलको नेतामा दाबी गरिरहेको जसपा स्रोतले जानकारी दियो ।

‘बाबुराम र उपेन्द्रजीले पनि दाबी गरिरहनुभएको छ । तर, एकताताका राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने सहमति भइसकेकाले उहाँ नै दलको नेता चयन हुनसक्ने सम्भावना छ’, जसपाका एक नेताले काठमाण्डुपाटीसँग कुरा गर्दै भने ।

३४ जना सांसद रहेका जसपासँग् अहिले ३२ जना मात्रै सांसद छन् । दुई जना निलम्बनमा परेका छन् ।