केन्द्रीय कमिटीको बैठक बोलाउने एमालेको तयारी

केन्द्रीय कमिटीको बैठक बोलाउने एमालेको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ । माधव नेपाल समूहले पार्टीको बैठक बोलाउन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग माग गरेपछि एमालेले बैठक बोलाउने तयारी गरेको हो ।

एमाले उपमहासचिव विष्णु पौडेलले पार्टीमा छलफल गरेर बैठक बोलाउने तयारी भइरहेको जानकारी दिए । उनले सम्भवतः चैत १ गते बैठक बोलाउने विषयमा छलफल जारी रहेको बताए ।

पार्टी अध्यक्ष केपी शर्मा अ‍ोली र महासचिव ईश्वर पोखरेलबीच छलफल गरेर बैठकको मिति टुंगो लगाइने नेताहरुले बताएका छन् । सर्वोच्च अदालतले नेकपालाई खारेज गरेर एमाले र माओवादी केन्द्र कायम हुने फैसला गरेपछि पार्टीको पहिलो बैठक बसेको छैन् ।

माधव नेपाल पक्षको बिहीबार बसेको भेलाले पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्नका लागि तत्काल बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।