काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले उपलब्ध गराएका सुरक्षाकर्मी फिताृ पठाएका छन् ।
हालै शान्तिपुर्ण राजनीतिमा आएका विप्लवले सुरक्षाका लागि सरकारले उपलब्ध गराएका १० जना सुरक्षाकर्मी फिर्ता गरेका हुन् ।
सरकारले विप्लवको सुरक्षाका लागि नेपाल प्रहरीका प्रहरी निरीक्षकको कमाण्डमा १० जना सुरक्षाकर्मी खटाएको थियो । तर विप्लवले आफूलाई अहिले सरकारी सुरक्षाकर्मी आवश्यक नभएको भन्दै फिर्ता पठाएको केन्द्रीय सदस्य दीपक चलाउनेले जानकारी दिए ।




प्रतिक्रिया