सर्वोच्चको न्यायाधीशमा सुवेदी र चुंडालको नाम सिफारिस

सर्वोच्चको न्यायाधीशमा सुवेदी र चुंडालको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सर्वोच्च अदालतको न्यायाधीशमा नहकुल सुवेदी र कुमार चुँडाल सिफारिस भएका छन् । न्यायपरिषद्को शुक्रवार बसेको बैठकले सर्वोच्चको रिक्त न्यायाधीशमा सुवेदी र चुंडालको नाम सिफारिस गरेको हो ।

सर्वोच्चमा एक वर्षदेखि दुई जना न्यायाधीशको पद रिक्त थियो । सर्वोच्चमा सिफारीस भएका न्यायाधीश चुडांल वागमतीका मुख्य न्यायाधीश थिए भने सुवेदी उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश थिए ।