काठमाण्डु – नेकपा एमालेले केन्द्रीय कमिटी विस्तार गरेको छ ।
शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले रामबहादुर थापा बादलसहित २३ जना माओवादी केन्द्रका नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
बैठकले रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङ्बुहाङ, पासाङ शेर्पा, ज्वाला शाह, टेकबहादुर बलमपाकी, कमल चौलागाई, मनोज, विशमलाल अधिकारी, लिलाबहादुर थापा, दधिराम न्यौपाने, गिरधरीलाल, झपट बोहरा, गौरीशंकर चौधरी, खमन बिक, धर्मराज, नवीन रोक्का, चन्द्रबहादुर खड्का, दिनेश पन्त र दावा लामालाई केन्द्रिय सदस्यमा नियुक्त गरेको छ ।
साथै माओवादी केन्द्रसँग एकता गर्दा मनोनित भएका ४२ जना पनि स्वतः केन्द्रीय सदस्य भएका छन् । योसँगै एमालेमा केन्द्रीय कमिटीको संख्या २६४ पुगेको छ ।
त्यस्तै बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्तामा नियुक्त गरेको छ ।




प्रतिक्रिया