सिंगटी हाइड्रो इनर्जीको साधारण सेयर निष्काशन

सिंगटी हाइड्रो इनर्जीको साधारण सेयर निष्काशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको साधारण सेयर निष्काशन भएको छ । सिंगटी हाइड्रो इनर्जीले शुक्रबारबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुल्ला गरेको हो ।

आयोजना प्रभावित दोलखाका स्थानीयलाई आइपीओ बिक्री गरिसकेको कम्पनीले अहिले सर्वसाधारणको लागि आइपीओ बिक्री गर्न लागेको हो ।

मेगा क्यापिटल मार्केट लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीको आइपीओमा सर्वसाधारणले छिटोमा चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ ।

बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको सिंगटी हाइड्रोले जनाएको छ ।