खनाल र नेपालले गरे संसदीय बोर्डमा नबस्ने घोषणा

खनाल र नेपालले गरे संसदीय बोर्डमा नबस्ने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालले संसदीय बोर्डमा नबस्ने घोषणा गरेका छन् ।

शनिबार अआफु निकट युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले ओलीले बनाएको बोर्डमा नबस्ने बताएका हुन् ।

नेकपा एमालेको संसदीय दलको अघिल्लो बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको थियो, जसमा खनाल र नेपाललाई पनि राखिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘म र झलनाथ खनाल दुई जना बबुरोहरुलाई कृपादृष्टि पुर्याएर ठाउँ दिनु भएछ । हामीले हुन्छ प्रभु भने भनेनौं, त्यो बोर्डमा हामी बस्दैनौं ।’