कांग्रेसको पौडेल समूहले बोलायो बैठक

कांग्रेसको पौडेल समूहले बोलायो बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडलले आफु निकट शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

नेता पौडेलले आफु निकट नेताहरुलाई छलफलका लागि दिउँसो १ बजेका लागि आफ्नो निवास बोहराटार बोलाएका हुन् । बैठकमा पार्टी महाधिवेशनको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने नेता अर्जुनरसिंह केसीले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाले ओली सरकारको विकल्प दिन आनाकानी गरेपछि पौडेल समूह असन्तुष्ट छ । सो बैठकले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन देउवाको ध्यानाकर्षण गराउने बुझिएको छ ।