माधव समूहले बनायो नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी

माधव समूहले बनायो नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालको माधव कुमार नेपाल समूहले युवा संघको समानान्तर कमिटी बनाएको छ ।

शनिबार सम्पन्न माधव नेपाल समूहको भेलाले नरेश शाहीको नेतृत्वमा ५० जनाभन्दा बढी सदस्यहरु राखेर युवा संघको गठन गरेको हो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी र महासचिवमा दीपक जीएम चयन भएका छन् । माधव नेपाल समूहले यसअघि अखिल नेपाल महिला संघको पनि समानान्तर कमिटी बनाइसकेको छ ।

नेकपा एमालेको संस्थापन समूहले केही समयअघि नेकपा विभाजन भए लगत्तै वचनबहादुर सिंहलाई अध्यक्ष बनाएर युवासंघ पुनर्गठन गरेको थियो । माधव नेपाल समूहले चैत १० गते विद्यार्थी भेला गरी अनेरास्ववियुको पनि नयाँ नेतृत्व चयन गर्ने भएको छ ।