काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट वाईसीएलले देशभर १ लाख ६५ हजार नयाँ सदस्यता थप गर्ने भएको छ ।
काठमाण्डुमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १६५ निर्वाचन क्षेत्रमा चैतभित्रमा नयाँ सदस्यता विस्तार गर्ने निर्णय गरेको हो ।
वाइसीएलले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने समेत निर्णय गरेको वाइसीएलका सचिव पुष्प ओलीले जानकारी दिए । राष्ट्रिय भेलाका लागि स्थानीय तह, जिल्ला तथा प्रदेश भेलाहरुबाट प्रतिनिधि छनोट गरिने पनि वाईसीएलले जनाएको छ ।
बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रीय समिति १६१ सदस्यीय हुने तय गरेको छ । त्यस्तै वाईसीएलका हालसम्मका सबै समितिलाई भेला आयोजक समितिमा रुपान्तरण गरेको छ ।
सर्वोच्च अदालतले तत्कालिन नेकपा नाम विवादलाई किनारा लगाउँदै नेकपा एमाले र माओवादी केन्द्र बयूँताइदिएसँगै वाइसीएल पनि ब्युँतिएको हो ।




प्रतिक्रिया