काठमाण्डु – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी राजनीतिक भेटवार्तालाई तिव्र बनाएकी छन् ।
राजदूत यान्छीले सोमबार नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी हुन् ।
उनीहरुबीच पछिल्लो समय विकशित राजनीतिक घटनाक्रमबारे छलफल भएकाे थियाे । दुवै नेतासँगको भेटमा राजदूत यान्छीले पार्टी, सरकार र पछिल्ला गतिविधिबारे चासो व्यक्त गरेकी थिइन् ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि राजदूत यान्छीले उनीहरुलाई पहिलोपटक भेटवार्ता गरेकी हुन् ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि राजदूत यान्छीले पहिलोपटक भेटवार्ता गरेकी हुन् ।




प्रतिक्रिया