कांग्रेसको निष्कर्षः सरकारमा जान परिस्थिति परिपक्क भएको छैन

कांग्रेसको निष्कर्षः सरकारमा जान परिस्थिति परिपक्क भएको छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा जान परिपक्क अवस्था आइनसकेको बताएको छ ।

सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले कांग्रेसले आवश्यक परे नेतृत्व लिन तयार हुनुपर्ने भए पनि अहिले नै समय भइनसकेको निष्कर्ष निकालेको हो । नेता रमेश लेखकले कांग्रेस सरकारमा जाने परिस्थिति सुनिश्चित र परिपक्क नभएको बताए ।

‘आवश्यक पर्‍यो भने कांग्रेसले वैकल्पिक सरकार दिन्छ भनेकै छ । तर अझै परिस्थिति सुनिश्चित र परिपक्क भएको छैन’, उनले भने ।

कांग्रेसमा सरकार जाने विषयमा दुई धार देखा परेको छ । सभापति शेरबहादुर देउवा पक्षले तत्काल सरकारमा जान नहुने अडान लिएको छ भने रामचन्द्र पौडेल पक्ष सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने बताउँदै आइरहेको छ ।