नेपाल–खनाल समूहले लिखित स्पष्टिकरण बुझाउने, प्रधानमन्त्रीलाई पनि प्रश्न सोध्ने

नेपाल–खनाल समूहले लिखित स्पष्टिकरण बुझाउने, प्रधानमन्त्रीलाई पनि प्रश्न सोध्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सोधेको स्पटिकरणको लिखित जवाफ दिने निर्णय गरेको छ ।

सोमबार बसेको नेपाल–खनाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री अ‍ोलीलाई लिखित जवाफ दिने निर्णय गरेको हो । त्यस्तै बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री अ‍ोलीलाई पनि पार्टीका विविध विषय समेटेर प्रश्न सोध्ने निर्णय गरेको छ ।

गत शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले नेपाल समूहका नेताहरु माधव नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।