काठमाण्डु – नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउन चुनौती दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद अधिकारीले प्रधानमन्त्रीले राजीनामा नदिने भन्दै अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका हुन् । उनले अविश्वासको प्रस्ताव ल्याउन नसक्नेले प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? भन्दै प्रश्न गरे ।
‘नैतिकता त गज्जबको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? अविश्वासको प्रस्ताव ल्याउँछु भनेर फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?’
विघटित प्रतिनिधिसभा पुनर्स्थापित भएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ ।




प्रतिक्रिया