संसदको अर्को बैठक १८ गते बस्ने

संसदको अर्को बैठक १८ गते बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको बैठक १८ गते सम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको अबको अर्को बैठक एक सातापछि बुधबार दिनको १ बजे बस्ने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

त्यस्तै आजको बैठकको शून्य समयमा बोलेका केही सांसदहरुले सरकारले प्रतिनिधिसभा विघटन गरेको विषयमा विरोध जनाएका थिए । साथै भारतले नेपालको थप भूमी मिचेको बिषयमा कुरा उठाएका छन् ।

काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडू र जिप छिरिङ लामाले भारतले अतिक्रमण गरेको भूभागको प्रकाशित नक्सा संसदबाट पारित गर्ने तर सीमा अतिक्रमण हुँदा सरकार किन मौन रहेको भन्दै प्रश्न गरेका छन् ।

त्यस्तै अर्का नेकपा एमालेका सांसद खगराज अधिकारीले संसदमा अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीलाई हटाउन चुनौती दिएका छन् ।