कांग्रेसलाई बाबुरामको सुझावः सरकारबाट भाग्ने गल्ती नगरौं

कांग्रेसलाई बाबुरामको सुझावः सरकारबाट भाग्ने गल्ती नगरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन ढिलाई गरिरहेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष भट्टराईले विपक्षी दलहरूले एकअर्कालाई देखाएर ओली सरकारविरूद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढेको बताएका छन् ।

‘पहले आप, पहले आप भन्दाभन्दै लखनौका नवावको गाडी छुट्थ्यो रे ! विपक्षी दलहरूले एकअर्कालाई देखाएर ओली सरकारविरूद्ध पहल लिन ढिलो गर्दा प्रतिगमनको गाडी अकण्टक अघि बढ्दैछ !’, उनले भने, ‘सत्तासीन शक्तिविरूद्ध संघर्ष केन्द्रित गर्नु बहुदलीय लोकतन्त्रको सामान्य धर्म हो ! यो वा उ बहानामा भाग्ने गल्ती नगरौं !’