नेप्से १४.५७ अंकले बढ्यो, पाँच अर्ब बढीको कारोबार

नेप्से १४.५७ अंकले बढ्यो, पाँच अर्ब बढीको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज नेप्से परिसूचक १४.५७ अंकले बढेको छ । हिजो सोमबार ३४ अंकले घटेको शेयर बजार आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको हो ।

आज ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको भने एक करोड २७ लाख ६ हजार ७१० कित्ता शेयर किनबेच भएको छ । आज नेपाल इन्फ्रास्ट्रकचर बैंकको कारोकार सबैभन्दा धेरै ५२ करोड रुपैयाँ भएको छ ।

यसैगरी, अपर तामाकोशीको शेयर मूल्य ३२ करोड रुपैयाँ, नेपाल बैंकको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज साल्ट ट्रेडिङ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यसैगरी आज पनि चन्द्रागिरीको शेयर मूल्य साविक झै करीब १० प्रतिशतले बढेको छ ।