नेप्सेमा हरियाली, आधा दर्जन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढ्यो

नेप्सेमा हरियाली, आधा दर्जन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेप्से परिसूचक ४१.३६ अंकले बढेर २५७०.३१ विन्दुमा पुगेको छ । आधा दर्जन कम्पनीको भाउ सर्किट लाग्ने तहमा वृद्धि भएपछि नेप्सेमा हरियाली छाएको छ ।

खरिदबिक्री रकममा ६५ करोड रुपैयाँभन्दा बढीसहित निफ्रा अग्रस्थानमा रहेको छ । दोस्रोमा अपर तामाकोशी र तेस्रोमा नेपाल बंगलादेश बैंक रहेका छन् ।

आज ६ अर्ब ६७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड ६९ लाख ३४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

हाइड्रोपावरबाहेक बाँकी सबै समूहको सूचक वृद्धि भएको छ । ट्रेडिङ, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, होटेल्स तथा पयर्टन, बिमा, फाइनान्स लगायतका समूहको कारोबार सकारात्मक देखिएको छ ।

साल्ट ट्रेडिङको एकै दिन कित्तामा ११ सय ५५ रुपैयाँले शेयरमूल्य बढेको छ । १० प्रतिशतले मूल्य बढेर सकारात्मक सर्किट लागेको सो कम्पनीको शेयरमूल्य १२ हजार ७ सय ५ रुपैयाँ पुगेको छ । साल्ट ट्रेडिङसँगै अन्य ५ कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
नाफा कमाउनेमा साल्ट ट्रेडिङ अग्रस्थानमा छ भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, चन्द्रगिरी हिल्स, आरएसडीसी लघुवित्त, माउन्टेन हाइड्रो र कालिका पावर कम्पनीको ९ प्रतिशतभन्दा धेरैले शेयरमूल्य बढेको छ ।