बालुवाटारका घर टहरा हटाउन मन्त्री तुम्बाहाङ्फेको निर्देशन

बालुवाटारका घर टहरा हटाउन मन्त्री तुम्बाहाङ्फेको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बालुवाटारस्थित ललिता निवास भित्र घर टहरा हटाउन निर्देशन दिएको छ । मन्त्रालयले बालुवाटारको सरकारी जग्गामा घर हटार निर्माण भइरहेको भन्दै तत्काल हटाउन निर्देशन दिएको हो ।

बुधबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सरकारी जग्गामा नक्सा पास नगर्न र निर्माण भइरहेका घर टहरा भत्काउन निर्देशन दिएको छ । मन्त्री शिवमाया तुम्बाहाङ्फेले गृहमन्त्रालयलाई त्यस्ता कार्य रोक्नका लागि आग्रह गरेकी छन् ।

‘वालुवाटारस्थित ललिता निवास क्‍याम्पभित्रका केही जग्गाहरुमा हाल पनि घर टहरा निर्माण कार्य भइरहेको जानकारी प्राप्त भएकोले यसै पत्रसाथ संलग्‍न विवरणका जग्गाहरुमा नक्सा पाससम्बन्धी कार्य नगराउने व्‍यवस्था मिलाउन र कानून विपरीत घर टहरा निर्माण कार्य भइरहेको भए निर्माण कार्य रोक्का गर्ने व्‍यवस्थाका लागि लेखी पठाउने भनी मन्त्रीस्तरबाट निर्णय भएको हुँदा समन्वय र सहयोगको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।