१३ प्रतिशत बोनश र ३ प्रतिशत नगद लाभांश दिने सिद्धार्थ इन्स्योरेन्सको घोषणा

१३ प्रतिशत बोनश र ३ प्रतिशत नगद लाभांश दिने सिद्धार्थ इन्स्योरेन्सको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिकोे बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीबाट कुल १५.७८९४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

जसमा १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँबराबरको बोनस सेयर र ३.७८९४ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन् ।

चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको उक्त कम्पनीको प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

१२ करोड रुपैयां बराबरको बोनस शेयर जारी गरेपछि इन्स्योरेन्सको चुक्तापुजी १ अर्ब १२ करोड रुपैया पुग्नेछ ।