रुपन्देही – ज्योति विकास बैंकद्वारा अमुवा बजारमा क्यूआर कोडबाट भुक्तानी सेवाको सुरुवात भएकाे छ । बिहीबार ज्योति विकास बैंकले रुपन्देही जिल्लाको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेकाे हाे।
अमुवा बजारलाई स्मार्ट बनाउने र नगद रहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० भन्दाबढी क्यूआर कोड वितरण गरेको छ।
क्यूआर भुक्तानी प्रर्वद्धन कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेश क्षेत्रका प्रमुख कपिल न्यौपाने र डिजिटल बैङ्किङ प्रमुख सुदीप ढकालले अमुवा बजार तथा बजार वरपर क्षेत्रमा रहेका पसल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका थिए। साथै कार्यक्रममा क्युआर सम्बन्धि विभिन्न जानकारी समेत पनि प्रदान गरिएको थियो।
क्यु।आरकोड सेवा सुरु भएसँगै अमुवा बजारमा रहेका पसलहरूबाट आफूले खरिद गरेका वस्तुको भुक्तानी गर्दा आफ्नो मोबाइल बाटक्यु।आर कोड स्क्यान गरी सिधै आफ्नो बैंक खाताबाट रकम भुक्तानी गर्न सकिनेछ।
क्युआर कोड सेवाबाट आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झञ्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने तथा सरल,सहज र सुरक्षित भुक्तानी लगायतका थुप्रै सुविधाहरु प्राप्तहुनेछ।
बैंकले देशका विभिन्न स्थानहरुमा व्यवसायीहरुलाई प्रदान गरेको क्युआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेकोछ साथै बैंकले डिजिटल बैंकिंगलाई थप प्रर्वद्धन र देशभरीनै क्यु।आरकोड वितरण गर्ने र विस्तारित बनाउने प्रतिवद्वता व्यक्तगरेकोछ।
ज्योति विकास बैंकले हाल १०५शाखा कार्यालय, १एक्सटेन्सन काउन्टर तथा ६१ एटीएम वटा मार्फत सेवा उपलव्ध गराउँदै आई रहेकोछ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४६अर्ब निक्षेप संकलन गरी२३ हजार भन्दा बढि ऋणीलाई करिब ३९अर्ब लगानी गर्न सफल भएकोछ।




प्रतिक्रिया